बैतडी : बैतडीको सिगास गाउँपालिकाका ४ का दुइ दाजुभाइ पाटन नगरपालिकाको खोड्पे बाट हराएका छन् । गाउँपालिकाको वडा नं. ४ बाइभितर बस्ने भीम धामीका अन्दाजी १० वर्ष र १४ वर्षका छोरा हरिश धामी र गणेश धामी ४ दिन देखि हराएका बताइएको हो ।
कक्षा ४/५ मा अध्ययनरत ती बालक ४ दिन देखि हराएका उहाँका दाइ नाता पर्ने योगेन्द्र धामीले जानकारी दिनुभयो । केहि दिन अघि मात्रै वार्षिक परीक्षा दिइ १२ गते घरबाट स्कुलमा प्रयोगात्मक हुन्छ भनेर विद्यालय जान्छु भनेर हिडेका बताइएको छ ।
सोही दिन हरिश धामी र गणेश धामीलाइ उनका दाइ विरेन्द्र धामीले पाटन नगरपालिकाको खोड्पेमा एक होटलमा भेटेको भएपनि बाहिर पिसाब फेर्न जान्छौँ भनेर हराएका योगेन्द्र धामीले बताए ।
दुवै भाईहरूले श्री शिगास माध्यमिक विद्यालय सिगास गाउँपालिका ३ कोटिली, बैतडी लेखेको ट्रयाक सुट लगाएका एवम् होटेलबाट कता गयो भन्ने पनि कसैले थाहा नपाएको हुनाले कतै उहाँलाई देख्नुभएको छ भने जिल्ला प्रहरी कार्यालय अथवा निम्नलिखित सम्पर्क नम्बरहरुमा सम्पर्क गरिदिनुहुन पारिवारिक स्रोतले जनाएको छ ।
उनीहरुलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय अथवा ९८६४३०४५९० नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
प्रतिक्रिया