२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

शिवनाथका कर्मचारी जोडेर भ्रम फैलाउनेविरुद्ध कारबाहीको माग

SansherOnline SansherOnline
शुक्रबार १६, चैत २०८० ०७:३२
शिवनाथका कर्मचारी जोडेर भ्रम फैलाउनेविरुद्ध कारबाहीको माग

बैतडी: बैतडीको शिवनाथ गाउँपालिकाका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेका छन् । कर्मचारीहरुको बारेमा भ्रमपूर्ण र कपोकल्पीत कुराहरु समाजिक संजालमा भ्रम फैल्याएकाले कर्मचारीहरुले आपत्ती जनाएका हुन् ।

गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले बिहीबार एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा कार्यालय र कर्मचारीहरुमाथि आँच आउने गरेर भ्रमपूर्ण कुराहरु फैलायाको भन्दै आपत्ती जनाएका छन् । सामाजिक सञ्जालमा राष्ट्रसेवक कर्मचारीहरुको चरित्र हत्या गर्ने, कार्यालयको बदनाम गर्ने र भ्रमपूर्ण कपोल्कल्पित कुराहरु लेख्नेलाई कारवाहीको दायरमा ल्याउन माग गर्दै उनीहरुले सेवा स्थगित गरेका हुन् ।

सामाजिक सञ्जालमा लेखिएका कुराहरु सत्य भएमा आफूहरु कानुनी कठघरमा उभिन तयार रहेको तर भ्रमपूर्ण कुरा फैलाएर चरित्र हत्या गर्ने कार्य स्वीकार्य नभएको कर्मचारीहरुले बताएका छन् । सामाजिक सञ्जालमा भ्रमपूर्ण कुराहरु लेख्नेलाई कारवाही नभएसम्म र कार्यालयमा कामको वातावरण नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको कर्मचारीहरुले जनाएका छन् ।

शिवनाथ गाउँपालिकाले पनि सामाजिक सञ्जालमा लेखिएका भ्रमपूर्ण कुराहरुको निन्दा गरेको छ । गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद र उपाध्यक्ष शकुन्तला साउँदले एक विज्ञप्ती जारी गर्दै गाउँपालिकामामा कार्यरत कर्मचारीहरुका बिषयमा लेखेका भ्रमपूर्ण कुराहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा भ्रमपूर्ण र कपोलकल्पित कुरा लख्नेलाई कानुनी कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । अध्यक्ष र उपाध्यक्षद्वारा जारी विज्ञप्तीमा कर्मचारीहरुलाई जनताको सेवामा खटिएर काम गर्न आग्रह गरिएको र समाजिक संजालमा भ्रम फौल्याउनेलाई कानुनी कार्वाहि समेत गरिने कुरा उल्लेख छ ।

प्रतिक्रिया