२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन ,सिगासबाट गाडी रिजर्भ नौ जना सहभागी

SansherOnline SansherOnline
बिहिबार १५, चैत २०८० ०५:१९
जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन ,सिगासबाट गाडी रिजर्भ नौ जना सहभागी

बैतडी : बैतडीमा ९ देखि १३ बर्ष उमेर समूहका विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यसहित प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको आयोजनामा हिजो जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको हो । दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विद्यालयहरुको मात्रै कार्यक्रम सहभागिता रहेको थियो ।

सिगास गाउँपालिकाबाट गाडी रिजर्भ गरेर नौ जना विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराएको गाउँपालिकाका शिक्षा अधिकृत रमेशप्रसाद भट्टले बताए । उनले दुर्गमको क्षेत्र भए पनि जिल्ला र प्रदेश स्तरीय कुनै पनि प्रतियोगता नछाडिएको जानकारी दिए  ।

गणित ÷विज्ञान विधा, चित्रकला र साहित्य क्षेत्रमा प्रतिभा पहिचान गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताए । गणित विधाको प्रतियोगितामा सिगासको अर्जुन माविका रेनुका धामी र सुनिल बोहरा प्रथम भएका छन् भने विज्ञान विधामा दशरथचन्द नगरपालिका शाहीलेकस्थित वीरेन्द्र माविका रमेश ओझा प्रथम भएका छन् ।

चित्रकला विधामा वीरेन्द्र माविकै भूमिका कनौजिया प्रथम भएकी छन् । साहित्यतर्फको विधामा सिगासको लेकलुपुण माविकी संगीता बोहराको टिम प्रथम भएको छ । चित्रकला विधामा सिगासका सुनिल लुहार दोश्रो भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीयलाई तीन हजार, तृतीयलाई दुई हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई एक हजारका दरले पुरस्कार वितरण गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताए ।

यस्तै सामाजिक बिकास कार्यालय बैतडीका प्रमुख जोशीका अनुसार सबै ब्याक्तीमा कुनै न कुनै प्रतिभा हने भएकाले सो प्रतिभा पहिचान गर्नको लागि यस्तो कार्यक्रम गरिएको हो। आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमका लागि सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया