२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा भीरबाट लडेर सिगासका धनबीर घाइते, भत्ता बुझ्न गाँजरी गएका थिए

SansherOnline SansherOnline
बुधबार १४, चैत २०८० ०९:०१
बैतडीमा भीरबाट लडेर सिगासका धनबीर घाइते, भत्ता बुझ्न गाँजरी गएका थिए

बैतडी : बैतडीमा भीरबाट लडेर एकजना घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं ४ बुढाकोटका ५१ बर्षीय धनबीरसिंह साउँद भीरबाट लडेर घाइते भएका हुन् ।

गाँजरीबाट आफन्तको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने क्रममा मंगलबार दिउँसो ४ बजेतिर इराना भन्ने ठाउँमा साउँद लडेका हुन् । बाटोबाट १ सय मिटर तल खस्दा साउदको कम्मर, घाँटी र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले बताए ।

घाइते साउँदलाई बुधबार बिहान चार बजेतिर उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र उनको डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया