२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

जिल्ला अस्पताल बैतडीका डाक्टरहरुको आन्दोलन, विरामी समस्यामा

SansherOnline SansherOnline
सोमबार १२, चैत २०८० ०७:०५
जिल्ला अस्पताल बैतडीका डाक्टरहरुको आन्दोलन, विरामी समस्यामा

बैतडी : जिल्ला अस्पताल बैतडीका डाक्टरहरुले अतिरिक्त समय काम गरेको भत्ता नपाएको भनेर आन्दोलन गरीरहेका छन् । डाक्टरहरुले ओपिडी सेवा नदिएर आन्दोलन गरिरहेका हुन् । अहिले डाक्टरहरुले ईमेरजेन्सी सेवा मात्र हेर्ने गरेका छन् ।

डाक्टरहरुले ओपिडी सेवा नहेरिदिदा टाढाँटाढाँ बाट सेवालिन आएका विरामीहरु समस्यामा परेका छन् । डाक्टरहरुको यो आन्दोलनले अस्पतालको सेवा प्रभावित हुने देखिन्छ ।

असस्पताल प्रशासनलाई र व्यवस्थापान समितिलाई समय समय जानकारी गराउँदा पनि अतिरिक्त समयको भत्ता नपाएपछि ईमिरजेन्सी बाहेकको काम नहेरेको जिल्ला अस्पताल बैतडीका दन्त चिकित्सक हरिष चन्द्र विष्टले बताउनु भयो । विष्ट जस्तै अरु डाक्टरहरुले पनि सोहि समस्या बताएका छन् ।

अहिले ओपिडी सेवा जिल्ला अस्पताल बैतडीका प्रमुख मेडिकल अफिसर सुसील विक एक्लैले हेरिरहेका छन् । अरु सबै डाक्टर भने अतिरिक्त कामको भत्ता नपाएको भनेर इमेरजेन्सी बाहेकका सेवा नहेरी आन्दोलनमा छन् ।

मन्त्रालयले पठाएको रकम सबैलाई सामान तरिकाले अतिरिक्त कामको समयको भत्ता वितरण गरेको र केहि महिनाको मात्र बाकी रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुसील विकले बताउनु भयो । थप रकमको लागि मन्त्रालयमा पहल भइरहेको उनले बताए ।

अहिले जिल्ला अस्पताल बैतडीमा एक जना जनर्ल फिजिसियन, एक जना अर्थोपेडिक सर्जन एक जना बालरोग विशेषज्ञ, एक जना डेन्टल सर्जन, र ८ जना मेडिकल अफिसर गरि जम्मा १२ जना डाक्टर रहेका छन् ।

जिल्ला अस्पताल बैतडीमा ३ जना डाक्टर अस्पताल व्यवस्थापनबाट र ८ जना नेपाल सरकारबाट छात्रवृती प्राप्त गरेर सेवा करारमा आएका डाक्टर हुन् । नेपाल सरकारबाट छातवृर्ती प्राप्त चिकीत्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिकामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सम्बन्धित कार्यालय प्रमुख मातहत र सुपरिवेक्षणमा रहने व्यवस्था भएपनि जिल्ला अस्पताल बैतडीका चिकित्सक भने कार्यालय प्रमुखको भनेको मानिरहेका छैनन् ।

निर्देशिकाले स्वास्थ्यकर्मीको काम कर्तव्य र अधिकारमा जुन पदमा नियुक्त भएको सो पदका लागि तोकिएको कार्यविवरण अनुसार काम गर्ने भन्ने उल्लेख छ तर बैतडीका चिकित्सकहरुले अहिले कार्यालय प्रमुखले खटाएको ठाउँमा काम गरिरहेका छैनन् । सुदूरपश्चिम प्रदेस समाजिक विकास मन्त्रालयका सचिवले समेत मौखिक रुपमा चिकित्सकहरुलाई काम गर्न र अतिरिक्त कामको भत्ताको लागि अस्पतालमा बजेट पठाउने भनेपनि चिकित्सकहरुले लिखित रुपमै परिपत्र गरेपछिमात्र सेवा दिने बताएका छन् ।

यसका साथै नेपाल सरकारबाट छातवृर्ती प्राप्त चिकीत्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका विपरीत मन्त्रालयले जिल्ला अस्पताल बैतडीका दुई जना डाक्टरको सरुवा गरेको थियो । अहिले मन्त्रालयले मौखिक रुपमै सरुवा पनि रोकिसकेको छ । तर चिकित्सकहरुले भने सरुवा रोकेको पनि लिखितरुपमै मन्त्रालयले पत्र पठाएमात्र आन्दोलन फिर्ता गर्ने चेतावनी दिएका छन् ।

कार्यालय प्रमुख सहित आफु मन्त्रालयमा गएर सरुवा रोकेको र अतिरिक्त भत्ताको लागि आवस्यक बजेटको व्यवस्थापन बारे छलफल गरी आएको जिल्ला अस्पताल बैतडीकी व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताउनु भयो । अतिरिक्त भत्ता चिकित्सकहरुको मात्र नभएर अस्पतालका सबै कर्मचारीहरुले नपाएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिह डोवालले बताउनु भयो ।

प्रतिक्रिया