बैतडी : बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
घरभन्दा दुई सयमिटर टाढा रहेको बाँजको रुखमा झुण्डिएको अवस्थामा महरा फेला परेकी हुन् । शनिबार राति उनी झुण्डिएकी र आइतबार बिहानै झुण्डिएको देखेपछि प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक केसीले बताए।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।
प्रतिक्रिया