बैतडी : सिगास गाउँपालिका भरीको एकमात्र क्याम्पस सिगास शिक्षा क्याम्पसको व्यवस्थापन समिति गठन गरिएको छ । गाउँपालिकाको वडा नं २ गाँजरीमा रहेको सिगास शिक्षा क्याम्पसको नयाँ व्यवस्थापन समिति गठन गरिएको हो ।
क्याम्पसको अध्यक्षमा फेरि जगदिश सिंह ढाँट सर्वसम्मत चयन भएका छन् । ढाँटलाई दोस्रो कार्यकालका लागि चयन गरेको जनाइएको छ । यस्तै उपाध्यक्षमा सूर्यबहादुर बोहरा निर्वाचित भएका छन् । क्याम्पस व्यवस्थापन समिति २७ सदस्यीयको बताइएको छ ।
यस्तै समितिको पदेन सदस्यमा बैतडी जिल्लाबाट निर्वाचित संघीय सांसद तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी र प्रदेश सांसद सुरेन्द्र पाललाई चयन गरिएको छ । नव निर्वाचित क्याम्पस व्यवस्थापन समितिले क्याम्पसको विकासका लागि पहल गर्ने बताएको छ ।
प्रतिक्रिया