२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

एमालेको दशरथचन्द नगर अधिवेसन सम्पन्न,अध्यक्षमा को ?

SansherOnline SansherOnline
शुक्रबार ०९, चैत २०८० ०८:०५
एमालेको दशरथचन्द नगर अधिवेसन सम्पन्न,अध्यक्षमा को ?

बैतडी : एमालेको दशरथचन्द नगरपालिकामा नगर अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य लिलाधर भट्टको प्रमुख आथित्यमा हिजो सम्पन्न अधिवेशनमा मनोज कुमार बोहरा सर्वसम्मत अध्यक्ष बनेका छन् ।

यस्तै उपाध्यक्षमा भूपेन्द्र चन्द, सचिवमा नन्द राज बोकटी, उपसचिवमा भवानी दत्त जोशी र अन्जु टमटा सर्वसम्मत भएका नगर कमिटी अध्यक्ष बोहराले बताउनु भयो ।

नेकपा एमाले दशरथचन्द नगर कमिटीलाई सशक्त एवम एकतावद्ध बनाउदै पाटी निर्माणको अभिभारा आफुहरुको काँधमा आएकाले सोलाई पुरा गर्ने र नेकपा एमालेलाई जनताको आशाभरोसाको पार्टी वनाउनुमा कटिवद्ध भएर लाग्ने नवनिर्मित नगर कमिटी अध्यक्ष बोहराले बताउनु भयो ।

प्रतिक्रिया