२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

डिलाशैनी घटना : हेलिकोप्टरमार्फत नेपालगञ्ज लगियो गम्भीर घाइते कर्मचारीलाई

SansherOnline SansherOnline
बिहिबार ०८, चैत २०८० ०६:४३
डिलाशैनी घटना : हेलिकोप्टरमार्फत नेपालगञ्ज लगियो गम्भीर घाइते कर्मचारीलाई

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ का एक स्थानीयले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका डिलाशैनी गाउँपालिकाका दुईजना कर्मचारीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ । 

गाउँपालिका वडा नं ७ का अन्दाजी ६२ बर्षीय कृष्ण धामीले कोेदालोले  हिर्काउँदा गम्भीर घाइते भएका पालिकामा कार्यरत कर्मचारी सुबास कलौनी र कार्यालय सहयोगी देवराज भट्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए 

घटनास्थलमा खटिएका प्रहरी निरीक्षक केसीका अनुसार बिहीवार बिहान ७ बजेतिर धामीले  कोदालो प्रहार गरी आफ्नै श्रीमती ५६ बर्षीया पार्वती धामीको हत्या गरेका थिए । 

कोदालोको बिँडले हिर्काएर श्रीमतीको हत्यापछि धामीकै घरमा डेरा गरेर बसेका पालिकाका कर्मचारीमाथि पनि उनले आक्रमण गरेका थिए ।  

घाइते मध्ये भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक केसीले बताए । घटनाको कारण भने अझै खुल्न सकेको छैन् । कोदालो प्रहार गर्ने कृष्ण धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । 

प्रतिक्रिया