बैतडी : बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामी गाउँका एक जना व्यक्तिले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । धामी गाउँका बस्ने कृष्ण धामीले आफनै श्रीमती ५६ वर्षीया पार्वती धामीको हत्या गरेका हुन् ।
यस्तै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई घाइते बनाएका हुन् । दुवै कर्मचारी गम्भीर घाइते भएका जनाएको छ ।
उपचारका लागी ल्याउदा श्रीमतीको बाटोमै मृत्युु भइसकेको छ भने गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका लागि सुर्खेतबाट नेपालीबसेनाको हेलिकप्टर मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घटनाको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रतिक्रिया