२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

एमाले डडेल्धुराको अध्यक्षमा शाही सर्वसम्मत चयन

SansherOnline SansherOnline
मङ्गलबार ०६, चैत २०८० ०८:१५
एमाले डडेल्धुराको अध्यक्षमा शाही सर्वसम्मत चयन

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन्। एमाले डडेल्धुराको ९ औं अधिवेशनबाट अध्यक्षमा शाही सर्वसम्मत चयन भएका हुन्। 

उपाध्यक्ष दुर्गा गिरी, सचिव शिद्धराज भट्ट, उपसचिव प्रकाश बोहरा र समावेशी उपसचिवमा इन्द्रा ताम्राकार चयन भएका छन । 

अध्यक्ष शाही गन्यापधुरा गाउँपालिका-३ सकायलका हुन्। शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन्। 

प्रतिक्रिया