बैतडी : बैतडीमा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ७ कुलाखोलाका अन्दाजी ३६ वर्षिय युवक हरिभान ऐेरको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो ।
शनिवार बिहान आफ्नै घर नजिकैको खरबारीमा वस्तुभावका लागि स्याउला काट्न रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय पारिवारिक स्रोतले जनाएको छ । । मृतक ऐेरका घरमा श्रीमती र ४ छोराछोरी रहेको बताइएको छ ।
प्रतिक्रिया