२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडीको पाटन पुगे

SansherOnline SansherOnline
आइतबार २७, फागुन २०८० ०३:०२
उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडीको पाटन पुगे

बैतडी : उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडीको पाटन पुगेका छन् । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका हुन्। 

गृह नगर पाटन पुगेका भण्डारीलाई स्वागत गरिएको छ । मन्त्री भण्डारीलाई नगरपालिकाका जनप्रतिनिधि कर्मचारी लगायतका नेता कार्यकर्ताहरुले स्वागत गरेका हुन् ।

भोलिदेखि शुरु हुने एमाले बैतडीको नवौं जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी गृह जिल्ला आएका हुन् । उनले गृह जिल्लामा सहमतिमै पार्टीको नेतृत्व चयनका लागि पहल गर्नेछन् । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आजै पार्टीका नेताहरुसंग अधिवेशनका बिषयमा छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया