२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा मनाईयो अन्तराष्ट्रिय महिला दिवस

SansherOnline SansherOnline
शुक्रबार २५, फागुन २०८० ११:४२
बैतडीमा मनाईयो अन्तराष्ट्रिय महिला दिवस

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकाले पनि ११४ औँ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका साथ मनाईको छ । महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नारा सहति दिवस मनाइएको हो ।

जिल्लाको दशरथचन्द नगरपालिकाले तिन दिन अगाडी देखी सबै वडा क्षेत्रलाई समेटने गरेर ठाउँठाउँमा कार्यक्रम गर्दै आज सदरमुकाम गढीमा प्रभात र्याली सहित विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । 

यस्तै पञ्चेश्वर गाउँपालिकाले पनि गाउँपालिकाको कुलाउँमा विभिन्न कार्यक्रमका साथ दिवस मनाएको छ । महिला दिवसको अवसरमा हिशांलाई नलुकाई हिंशाबाट मुक्तहुन शसक्त रुपमा अघि बढेका १२ जना महिलाहरुलाई सम्मान समेत गरेको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बीना भट्टले बताउनु भयो ।

दुईटै स्थानीयतहले कार्यक्रममा देउडाको माध्यमबाट महिलामाथी हुने विभिन्न हिंशालाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने सचेतनामुलक गित समेत प्रस्तुत गरेका थिए ।

महिलाहरुले पनि हरेक अवषरमा पछि नहटेर अगाढी आई नेतृत्व गर्नुपर्ने महिला अधिकारकर्मी पार्वती भट्टले सबै महिलाहरुमा आग्रह गर्नु भयो । 

यस्तै दसरथचन्द नगरपालिकाका उपप्रमुख कौसिला चन्दले घरको काममा मात्र सिमित नरहेर आफ्नो अधिकारको लागी सबै महिलाहरुले आआफ्नो ठाउँबाट सशक्त रुपमा अगाडी वढ्नु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया