२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

आज महाशिवरात्रि पर्व,बैतडीका शिवालयमा पनि भक्तजनको घुइँचो

SansherOnline SansherOnline
शुक्रबार २५, फागुन २०८० ०८:५७
आज महाशिवरात्रि पर्व,बैतडीका शिवालयमा पनि भक्तजनको घुइँचो

बैतडी : आज महाशिवरात्रि पर्व । बैतडीसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने भक्तजनहरुको भीड छ ।

 बैतडीका विभिन्न शिवमन्दिर तथा धामहरुमा महाशिवरात्रीको अवसरमा मेला लागेको छ । प्रसिद्ध पाताल भुवनेश्वर, वनारसी विश्वनाथ धाम, स्वर्गेनी पिपल धाम, पञ्चदेवद धाम, ईश्वरीगंगा धाम, गोकुलेश्वर महादेव लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । 

शिवालय र मन्दिरमा भक्तजनले दिनभर भगवान शिवको पूजा आराधनासंगै भजन किर्तन गर्ने गरेका छन् । महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।  

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

प्रतिक्रिया