२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

समाजिक विकास कार्यालयको सचेतना कार्यक्रम

SansherOnline SansherOnline
बिहिबार २४, फागुन २०८० ०९:२५
समाजिक विकास कार्यालयको सचेतना कार्यक्रम

बैतडी : समाजिक विकास कार्यालय बैतडीले लागु पदार्थ दुव्र्यसन न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो समय बढ्दै गइरहेको लागु पदार्थ दुव्र्यासनलाई कसरी न्युनीकरण गर्न सकन्छ भनेर कार्यक्रमको आयोजना गरिएको थियो ।

लागु पदार्थ दुव्र्यसनको सबै भन्दा बढी असर युवा पूस्तामा पर्ने भएकाले कार्यालयले युवा लक्षित कार्यक्रम गरेको समाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकर दत्त जोशीले बताउनु भयो ।

समाजिक विकास कार्यालय बैतडीले जगनाथ बहुमुखी क्याम्पस र विरेन्द्र माध्यमीक विद्यालयका विद्याथीहरु संग कार्यक्रम गरेको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेस भट्टले सूर्तीजन्य र मादक पदार्थ सेवनले हुने असर र यस्लाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने कुराको प्रस्तुती गरेको थियो भने लागु पदार्थ दुव्र्यसन बाट हुने हानी र यस्लाई कसरी न्युनीकरण गर्नै भन्ने बारेको प्रस्तुतीकरण जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले गर्नु भएको थियो ।

यस्तो कार्यक्रम समाजिक विकास कार्यालयले मात्र नगरी जिल्ला स्वास्थ्य कार्यालय बैतडी र जिल्ला प्रहरी कार्यालयले निरन्तर गरिरहेको छ । 

प्रतिक्रिया