२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

खुल्यो शिवनाथको शर्मालीमा क्याम्पस

SansherOnline SansherOnline
बिहिबार २४, फागुन २०८० १०:२३
खुल्यो शिवनाथको शर्मालीमा क्याम्पस

बैतडी : शिवनाथ गाउँपालिकाको शर्मालीमा लामो समयदेखि भैरहेको क्याम्पस खोल्ने प्रयास सफल भएको छ । 

अब शर्मालीमा खुलेको क्याम्पसले गाउँपालिकाभरीका विद्यार्थीहरुले क्याम्पस पढन बाहीर जानु नपर्ने भएको छ । 

लामो समयको प्रयासबाट त्रिभुवन विश्वविद्यालयले नयाँ क्याम्पसको स्वीकृती नदिएपनी जलजला पर्वतमा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसलाई ठाउँसारी गरी दिएको छ ।

अब गाउँपालिकाका विद्यार्थीहरु टाढा गएर कोठा भाडामा लिएर बसेर पढनु पर्ने समस्याबाट मुक्त हुने भएका छन् । 

क्याम्पस स्थाप्नाको लागी लामो समयदेखि विभिन्न व्यक्तिहरुले सहयोग गरेको प्रति शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिह साउँदले सबैलाई धन्यवाद समेत दिनु भएको । 

प्रतिक्रिया