डीआर भट्ट-पुर्चौडि : पुर्चौडिको हाटमा भव्यताका साथ लाग्ने महाशिवरात्री मेलाको तयारी अन्तीम चरणमा पुगेको छ । पुर्चौडि नगरपालिका वडा नंबर १ स्थित त्रिवेणी धाममा शिवरात्रीको दिन भव्य मेला लाग्ने गर्दछ । मेलाका लागी यहाँ स्थीत अस्थाई पसलहरु थापिएका छन् ।
यस मेलालाई पुर्चौडिमा व्यापारीक दृष्टीकोणले प्रसिद्ध मेलाका रुपमा लिइन्छ । यहाँ घरेलु सामग्रीहरु डोका, सुप्पा, मोट्टा, छाप्रा, गाग्री, ढकेरा, पारा तथा हातले बुनेका सामग्रीहरु पाइन्छन् ।
यसैगरी जेरी मिठाईका परिकार बिक्रि गर्न भारतबाट व्यापारी आउने गर्दछन् ।विगतमा यस मेलामा नुन देखी सुन सम्म पाउने मेलाका रुपमा हेरिन्थ्यो ।
प्रतिक्रिया