२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

सुदूरपश्चिम स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई, बैतडीले चौथो स्थानमा चित्त बुझायो

SansherOnline SansherOnline
मङ्गलबार २२, फागुन २०८० ०७:१०
सुदूरपश्चिम स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई, बैतडीले चौथो स्थानमा चित्त बुझायो

 बैतडी : १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीले हात पारेको छ धनगढीमा सम्पन्न भएको रनिङ शिल्डमा कैलालीले ३१ स्वर्णसहित उपाधि उचालेको हो।

कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कास्य पदसहित उपाधि उचाल्दा १९ स्वर्ण, १८ रजत र १५ कास्यसहित कञ्चनपुर दोस्रो भयो । ७ स्वर्ण, १० रजत र १६ कास्य जितेको डडेल्धुराले तेस्रो हुँदा।

बैतडी ५ स्वर्ण, २ रजत र १० कास्य ल्याएर चौथो स्थानमा चित्त बुझायो  २ स्वर्ण, ४ रजत र १३ कास्यसहित बझाङ पाँचौ भयो । छैंटौ भएको बाजुराले १ स्वर्ण ६ रजत र १३ कास्य, साताैं भएको अछामले १ स्वर्ण १ रजत र ६ कास्य पदक हात पार्यो।

यस्तै, आठौं भएको दार्चुलाले ४ रजत र ३ कास्य तथा नवाैं भएको डोटीले ३ रजत र ८ कास्य हात पार्यो।तुलनात्मक रूपमा कमजोर देखिएका दार्चुला र डोटीले स्वर्ण पदक जित्न सकेनन्।

प्रतिक्रिया