२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको दुदीलाखान गाँजरी सडकखण्ड अवरुद्ध हुदाँ गाजरी बजारमा खाद्यान्न अभाव

SansherOnline SansherOnline
सोमबार २१, फागुन २०८० ०८:०४
बैतडीको दुदीलाखान गाँजरी सडकखण्ड अवरुद्ध हुदाँ गाजरी बजारमा खाद्यान्न अभाव

बैतडी : लामो समयसम्म सडक अबरुद्ध भएपनि गाजरी बजार सुनसान बनेको छ। स्थानीय तथा व्यापारीहरुका अनुसार गाजरी बजारमा नुन समेत पाउन मुस्किल हुन थालेको हो ।

खाद्यान्नका सरसामान र नुन समेत सकिने लागेको स्थानीय एवं व्यापारी राजेन्द्र जोशीले बताए । वडा नं १ , २ र ३ का स्थानीयहरुको पहुँचमा रहेको बजार समेत रहेको गाजरीमा खाद्यान्न र खाद्यान्नका सरसामान पाउन छोडेको अर्का स्थानीय प्रकाश जोशीले बताए ।  

दुदीलाखान– कुर्चीनेटा–गर्जे सडक संघर्ष समिले १५ दिनदेखि सडक अबरुद्ध पारेका कारण गाजरी बजार सुनसान बनेको हो । संघर्ष समितिले यही फागुन ८ गतेदेखि दुदीलाखान देखि गाजरी जोड्ने सडक अबरुद्ध पारेका छन ।

प्रतिक्रिया