२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सिगासकी देवकी र मञ्जुले गर्दा बैतडीलाइ स्वर्ण र काश्य

SansherOnline SansherOnline
सोमबार २१, फागुन २०८० ०१:२४
सिगासकी देवकी र मञ्जुले गर्दा बैतडीलाइ स्वर्ण र काश्य

बैतडी : सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडी जिल्ला बाट प्रतिनिधित्व गर्दै सिगास गाउँपालिकाकी देवकी धामीले १५ सय मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गरेकी छिन ‌। भने  ८ सय मिटर छात्रा दौडमा तृतीय स्थान हासिल मञ्जु धामीले गरेकी छिन ‌। 

शिवलिङ्ग मावि धौलाडीकी छात्रा देवकी कुमारी धामीले १५ सय मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गर्दै बैतडी जिल्ला लाइ स्वर्ण पदक दिलाएकी सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले जानकारी दिनुभयो ‌। 

मञ्जु कुमारी धामीले ८ सय मिटर छात्रा दौडमा तृतीय स्थान हासिल गर्दै बैतडी जिल्ला लाइ काश्य पदक दिलाएकी सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भट्टले जानकारी दिनुभयो ‌। 

एथलेटिक्स तर्फको दौडमा सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल देवकी कुमारी धामीले बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिका बाट प्रतिनीधित्व गर्दै छात्रा तर्फ ३००० मिटर दौडमा प्रथम र छात्रा तर्फ १५०० मिटर दौडमा प्रथम हुँदै सिगास गाउँपालिका लाइ स्वर्ण पदक दिलाएकी थिइन ।
 

प्रतिक्रिया