२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

बाजुराको एक पालिकामा महिला कर्मचारीबिच कपाल लुछालुछ र कुटाकुट

SansherOnline SansherOnline
शनिबार १९, फागुन २०८० ०७:०९
बाजुराको एक पालिकामा महिला कर्मचारीबिच कपाल लुछालुछ र कुटाकुट

बाजुरा :बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ। शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबिच कुटाकुट भएको हो।

मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिताकुमारी सुर्यबंसीबिच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको छ। कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ। कुटाकुटपछि दुबैलाई चोट लागेको छ।

सुर्यबंसी भने अस्पतालमा उपचाररत छन्। तर नगरपालिकाका नगर प्रमुख अमर खड्काले आफु कार्यक्रमकै शिलशिलामा धनगढीमा भएकाले विवाद हुनुको कारण बुझ्न बाँकी नै रहेको बताए।

उनले नगरपालिकामा विवाद भएको विषय जानकारीमा आए पनि यसको कारण छलफलपछि मात्र थाहा हुने बताए।

दुई जनाबिच व्यक्तिगत विषयलाई लिएर कार्यालयमा झगडा भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केशीले बताए।

प्रतिक्रिया