२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा पुनः तालाबन्दी

SansherOnline SansherOnline
बुधबार १६, फागुन २०८० ०५:१४
सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा पुनः तालाबन्दी

बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा पुनः तालाबन्दी गरिएको छ । इलाका प्रहरी कार्यालयको टोलीले बुधबार यसअघि तालाबन्दी गरिएको ताला तोडेपछि आन्दोलनरत पक्षले फेरी तालाबन्दी गरेका हुन् । आफुहरुसँग समन्वय नगरीकनै ताला तोडेको भन्दै संघर्ष समितिले अप्रान्ह ४ बजे पुनः तालाबन्दी गरेका हुन् । 

आफुहरुसँग कुनै समन्वय नगरीकनै संघर्षका लागि लगाइएको ताला तोडेपछि पुनः तालाबन्दी गरेको दुदीलाखान–कुर्चेनेटा–गर्जे सडक संघर्ष समितिका संयोजक पवन चन्दले जानकारी दिए ।
आफुहरुसँग  कुनै समन्वय नगरी एकलोटी रुपमा ताला खोलेपछि आन्दोलनलाई निरन्तरता दिन फेरी तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिले ८ दिनदेखि दुदीलाखान–गाजरी सडकखण्ड अबरुद्ध पारेका छन् ।
दुदीलाखान–कुर्चेनेटा–गर्जे सडक संघर्ष समितिले कुर्चीनेटादेखि गर्जे सम्मको सडक अघि बढाउन माग गरेका छन् । तर यस विषयमा गाउँपालिकाले समेत हालसम्म आधिकारीक धारणा सार्बजनिक नगरेको संघर्ष समितिको भनाइ छ । 

प्रतिक्रिया