२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

सडक खन्ने क्रममा खसेको पहिरोले स्काभेटर पुरियो

SansherOnline SansherOnline
मङ्गलबार १५, फागुन २०८० ०७:५९
सडक खन्ने क्रममा खसेको पहिरोले स्काभेटर पुरियो

बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ साँफेबगर भन्ने स्थानमा सतबाँझ –श्रीभावर सडक अन्तर्गत डबल कटिङको काम गरिरहँदा माथिबाट खसेको पहिरोले बा ३ क १४८ नम्बरको स्काभेटर पुरिएको र उक्त स्काभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का २६ बर्षीय आनन्द गिरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

मंगलबार दिउँसो सडक खन्ने क्रममा जागृति मुनाल कन्सट्रक्सनको स्काभेटर पहिरोमा पुरिएको हो । पहिरोले स्काभेटर पुरिँदा घाइते भएका चालक गिरीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

गिरीको घाँटी र कम्मरमा चोट रहेको छ भने उनको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक जोशीले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया