२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

दुदिलाखान–गाँजरी सडक अवरुद्ध,स्ट्रेचरमा बोकेर लैजानुपर्छ बिरामी अस्पताल

SansherOnline SansherOnline
आइतबार १३, फागुन २०८० ०९:३८
दुदिलाखान–गाँजरी सडक अवरुद्ध,स्ट्रेचरमा बोकेर लैजानुपर्छ बिरामी अस्पताल

बैतडी : बिरामीलाई अस्पताल लैजान गाँजरीका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । दुदिलाखान–गाँजरी सडक संघर्ष समितिले आइतबार दिउँसो देखि गाँजरी जोड्ने सडक अवरुद्ध गरेपछि समस्या उत्पन्न भएको हो ।

गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण प्रक्रिया अघि बढाउनुपर्ने भन्दै गठन गरिएको संघर्ष समितिले सडक बन्द गरेको आज ७ दिन बितिसक्दा पनि सम्बन्धित सरोकारवालाहरुले चासो नदिएपछि बिरामी तथा स्थानीयहरुलाई समस्या भएको हो । 

७ दिनदेखि नै सडक अवरुद्ध भएको भएपनि स्थानीय सरकारले खडक खुलाउन कुनै पहल नगरेका कारण उपचारका लागि बिरामीलाई बोकेर अस्पताल लैजानु पर्ने बाध्यता रहेको सिगास गाउँपालिका–२ का स्थानीय शंकर धामीले दुखेसो पोख्नु भयो । सडक खोल्न सम्बन्धित सरोकारवालाहरुले कुनै पहल नगरेका कारण आफूहरुले सास्ती खेप्नु परेको सिगास गाउँपालिका–२ का अरखा स्थानीय जगदि  ढाटले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो– ‘सडक अवरुद्ध हुदा बिरामीलाई समयमै अस्पताल लिन सकिएको छैन् । नजिक अस्पताल पनि छैन्, जटिलखालका बिरामीलाई अन्यत्र लैजान समस्या छ । सडक खुलाउन ढिलाइ गर्दा यहाँका बासिन्दालाई सास्ती भएको छ । 

दुदिलाखान गाँजरी धौलाडी काठा हुँदै गर्जे पुग्ने सडक पहिले अघि बढ्नुपर्ने केही स्थानियहरुको माग छ भने   दुवै सडकहरु संगै अघि बढ्नुपर्ने संघर्ष समितिले अडान राख्दै आएको छ । 

 

प्रतिक्रिया