२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

दशरथचन्द नगरपालिकाले दादुरा रुवेला खोप सम्वन्धि अभिमुखीकरण सम्पन्न

SansherOnline SansherOnline
शुक्रबार ११, फागुन २०८० ०७:४८
दशरथचन्द नगरपालिकाले दादुरा रुवेला खोप सम्वन्धि अभिमुखीकरण सम्पन्न

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले दादुरा रुबेला खोप अभियान २०८०।८१ अन्तरगत स्थानीय स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । 
 

दसरथचन्द नगरपालिका स्वास्थ्य शखाको आयोजनामा शुक्रवार सरोकारवाला, संचारकर्मी र जनप्रतिनीधी सहितको गोष्ठी सम्पन्न गरेको हो ।
 

नगरपालिकाले यही फाल्गुन १७ गते देखी ९ महिना देखी ५ वर्ष मुनीका वालवालिका लाई दादुरा रुवेला खोप वडाका विभिन्न ठाउँका खोपकेन्द्र मार्फत संचालन गर्ने भएको छ । 
 

गोष्ठीमा दादुरा रुवेला खोप अभियान  २०८०।८१ को परिचय, औचित्य र संचालन सम्वन्धिका साथै खोप लाई प्रभवाकारी ढंगबाट संचालन गर्नको लागि सबैले आ अफ्नो ठाउँबाट के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे जानकारी गराएको थियो ।
 

खोप अभियानलाई सफल गर्नमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुहुन नगरपालिका नगर प्रमुख पुष्कर राज जोशीले आग्रह गर्नु भयो ।
 

बच्चा जन्मेदेखी १५ महिना भित्र १३ प्रकारका खोप लगाई सक्नु पर्ने हुन्छ । धेरै जसो अभिभावकले आफ्नो वच्चालाई एक खोप लगाउने र अर्को छुटाउने गर्नाले खोप प्रभावकारी नहुने हुँदा सबै खोप अनिवार्य लगाउनु पर्ने दसरथचन्द नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुवन जोसीले आग्रह गर्नु भयो ।
 

एक जना व्यक्तिले १८ जना सम्मलाई सक्रमण गर्न सक्ने भएकाले यो रोगबाट सुरक्षित हुन बालवालिकाहरुलाई दादुरा रुबेला खोप नछुटाई अनिवार्य रुपमा लगाउन हुन स्वास्थ्य कार्यालय बैतडीले पनि अनुरोध गरेको छ ।

 

हेर्नुहोस दसरथचन्द नगरपालिकाले कुनदिन कुन वडामा दादुरा रुबेला खोप लगाउँदै छ ।

प्रतिक्रिया