२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

पुचाैडी बन्यो कार्यसम्पादन मूल्यांकनमा बैतडीमै पहिलो

SansherOnline SansherOnline
बिहिबार १०, फागुन २०८० १२:१२
पुचाैडी बन्यो कार्यसम्पादन मूल्यांकनमा बैतडीमै पहिलो

बैतडी : आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा बैतडीमा उत्कृष्ट पुर्चाैडी नगरपालिका रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाको पुर्चाैडी १० स्थानीय तहमध्ये उत्कृष्ट रहेको देखिएको छ भने कमजोर डिलासैनी गाउँपालिका रहेको छ ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार डिलासैनी गाउँपालिकाले २१.३० प्रतिशत अंक प्राप्त गरेको छ । दोगडाकेदार गाउँपालिकाले दोगडाकेदारले २३.२७ प्रतिशत अंक प्राप्त गरेको छ । पञ्चेश्वरले २५.०२, दशरथचन्द नगरपालिकाले २५.४९, सिगासले २५.७४, शिवनाथले २६.९७, पाटन नगरपालिकाले २७. ६९, सुर्नया गाउँपालिकाले २७.५९, मेलौली २९.९४ र पुर्चाैडी ३८.५३ प्रतिशत अंक पाएको छ ।

सुदूरपश्चिम मध्ये डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट रहेको देखिएको छ । अमरगढीले ४८ प्रतिशत अंक पाएको छ । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार १७ वटा सुचकका आधारमा वित्त आयोगले मूल्यांकन गरेको हो ।

प्रतिक्रिया