२०८१ जेठ १४ गते सोमबार
ट्रेन्डिङ

बैतडीको दोगडाकेदारमा कक्षा ८को परिक्षाका लागि केन्द्र तोकिए

SansherOnline SansherOnline
बुधबार ०९, फागुन २०८० ०९:५४
बैतडीको दोगडाकेदारमा कक्षा ८को परिक्षाका लागि केन्द्र तोकिए

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाले कक्षा ८को पालिका स्तरीय परिक्षाको लागि केन्द्र निर्धारण गरेको छ । मंगलबार एक सुचना जारी गर्दै गाउँपालिकाले केन्द्रहरु निर्धारण गरेको जानकारी गराएको हो । जस अनुसार पञ्चदेव महानन्द मावि रिम र वेताल मावि गोरङको केन्द्र पञ्चदेव माविमा राखिएको छ । रौलेश्वर मावि मल्लाढिक र चनैराज आवि धमालीको चनैराज माविमा राखिएको छ । रोलेश्वर मावि कफलकोटको भने सोहि विद्यालयमा राखिएको छ ।

सनातन धर्म मावि श्रीकोट, चनैराज आवि, बलैराज आवि र खोचलेक आविको सनातन धर्म माविमा केन्द्र तोकिएको छ । यसैगरी केदार आवि पिपलकोट र चौगाउँको परिक्षा पिपलकोटको राखिएको छ । न्वालि आवि दोलीको सोहि विद्यालयमा केन्द तोकिदाँ लटिनाथ आवि धौल ढुंगा र नेपाल राष्ट्रिय आवि ढिकनयाँको ढिकनयाँमा केन्द्र राखिएको छ ।

भगवती मावि सित्तड र पञ्चदेव आवि ढिक सलेनाको केन्द्र भगवती मावि सित्तडमा तोकिएको छ । भुमिराज मावि चडेपानी र भुमेश्वर आवि रिखालीको रिखालीमा केन्द्र तोकिएको छ । यसैगरी रौलेश्वर मावि कालागाउँको सोहि विद्यालयमा केन्द्र निधारण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया