बैतडी : राज्यकाे एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति(रासस)काे ६३ औं वार्षिकोत्सब बैतडीमा पनि मनाइएको छ।
वार्षिकोत्सबकाे अवसरमा साेमबार बिहान जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल र सरसफाइ कीट वितरण गरिएको राससका बैतडी प्रतिनिधि विनाेद सिंह विष्टले जानकारी दिनुभयाे ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी,दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी लख्खाभाई,प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा,विभिन्न कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेकाे थियोे । राष्ट्रिय समाचार समिति(रासस) बैतडीको आयाेजना र दशरथचन्द नगरपालिकाकाे सहयाेगमा फलफूल र सरसफाइ कीट वितरण गरिएकाे हाे। वि स २०१८ सालमा स्थापना भएकाे रासस हाल दृश तथा विदेशमा सेवा दिइरहेकाे छ ।
प्रतिक्रिया