२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

पञ्चेश्वरको प्रथम चौमासिक /अर्धवार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न

SansherOnline SansherOnline
आइतबार ०६, फागुन २०८० ०५:२४
पञ्चेश्वरको प्रथम चौमासिक /अर्धवार्षिक  सार्वजनिक सुनुवाइ सम्पन्न

बैतडी : पञ्चेश्वर गाउँपालिका बैतडी को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा सेवाग्राही हरुले उठाएका जिज्ञासा् हरु लाई सम्बन्धित शाखा प्रमुख हरुले जवाफ दिएका थिए । आफुहरु जनताका सेवक भएका र सार्वजनिक सुनुवाइमा मात्र नभइ जति बेला पनि जनता का सम्स्या समाधान गर्न तयार रहेको गापा उपाध्यक्ष बिना भट्ट ले बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर बोहराले चालू आ.व को सुरु देखि आज सम्म भएका गाउँपालिकाले गरेको खर्च र विकास निर्माण सम्बन्धि को प्रतिवेदन प्रस्तुत गरेका थिए । केहिदिन भित्र इ कार्यालय को व्यवस्थापन गरेर गापालाई प्रविधि मैत्री पूर्ण तरिकाले सेवा दिइने गापा अध्यक्ष गोरख बहादुर चन्दले बताउनु भयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रम मा नेकपा माऔवादी केन्द्र बैतडी का सचिव रमेश चन्द र नेकपा एमाले गाउँकमिटी अध्यक्ष प्रकाश चन्दले गापाले गर्दै आएका काम र अगामी दिनमा गर्नु पर्ने सुझाव राखेका थिए । 

प्रतिक्रिया