२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

सिगासको गाँजरीमा डेउडा संस्कृति संरक्षण प्रतिष्ठान गठन

SansherOnline SansherOnline
शनिबार ०५, फागुन २०८० ०३:०५
सिगासको गाँजरीमा डेउडा संस्कृति संरक्षण प्रतिष्ठान गठन

टेकेन्द्र सिह धामी सिगास : स्थानीय कला संस्कृति शान ,डेउडा संस्कृति हाम्रो पहिचान भन्ने हृदयका साथ सिगास गाउँपालिका गाँजरी २ बैतडीमा आज स्थानीय डेउडा संस्कृति संरक्षण प्रतिष्ठानको कार्य समिति गठन गरिएको छ । करिब १ सय २० जनाको उपस्तिथिमा समिति गठन गएइएको हो ।

डेउडा संस्कृति , कला संरक्षण गर्नुपर्ने महत्त्वपूर्ण निर्यण गर्दै सुर्नाय गाउँपालिकाबाट वाड न ८ का शेर बहादुर साउँदको अध्यक्षता ९ जनाको समिति गठन गरुएको छ । उपाध्यक्षमा मन्धरा धामी, कोषाध्यक्ष कमला साउँद , सचिव राजेन्द्र सिह धामी , संयोजक राम सिह धामी रहेका छन । 

उक्त समितिले बैतडी जिल्लाकै प्रतिनिधित्व गर्ने र सुदूरका हरेक पर्वहरुमा यो समितिले बैतडीकै १० वटा पालिकामा लागु गरी डेउडा प्रतियोगिता समेत गर्ने शेर बहादुर साउँदले जानकारी गराउनु भएको छ । साथै यो समिति शुभारम्भ भएकाले बिधान दर्ता , कार्य समिति सल्लाहाकार समिति बिस्तार गरिने समेत उहाँको भनाई रहेको छ ।

विशेष गरी यस क्षेत्रमा आबद्ध रहेका तमाम बुद्धिजिवि,शिक्षा प्रेमि ,पत्रकार सबैले आ-आफ्नो क्षेत्रवाट भुमिका निर्वाह गरेमा कला संस्कृतिको जोगेर्ना गर्न सकिने प्रदेश कमिटि सदस्य जस्बिर सिंह बोहराले बताए ।

त्यसैगरी सिगास गाउँपालिकाले गर्न सकिने भूमिका र व्यक्तिगत तर्फबाट हुनसक्ने सहयोग गर्ने समेत प्रतिवद्धता गाउँपालिकाकी उपाध्यक्ष धना धामीले बताउनु भयो ।

प्रतिक्रिया