२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ

एमाले बैतडीको १० औँ अधिवेशन फागुन २८ र २९ गते हुने

SansherOnline SansherOnline
शनिबार ०५, फागुन २०८० ०७:४६
एमाले बैतडीको १० औँ अधिवेशन फागुन २८ र २९ गते हुने

बैतडी : नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बैतडीको १० औँ अधिवेशन फागुन २८ र २९ गते हुने भएको छ । पुर्चौडीमा सम्पन्न एमाले जिल्ला कमिटि बैठकले फागुन २८ र २९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

शुक्रबार एमाले जिल्ला कमिटि बैतडीका अध्यक्ष सुरेन्द्र पालको सभाध्यक्षता तथा पार्टी इन्चार्ज निरु पालको प्रमुख आतिथ्यतामा पुर्चौडीको सभाहलमा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले पाटनमा अधिवेशन गर्ने निर्णय गरेको नेकपा एमाले बैतडी प्रचारविभाग प्रमुख एवं प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।

अधिवेशनका लागि यहि फागुन १९ गते प्रतिनिधि छनोट गरिने उनले बताए ।

 

प्रतिक्रिया