२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

बैतडीको शिवलिङ्ग मावि बगर धौलाडीले स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान

SansherOnline SansherOnline
बिहिबार ०३, फागुन २०८० ०७:०१
बैतडीको शिवलिङ्ग मावि बगर धौलाडीले स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान

बैतडी : बैतडीको सिगास गाउँपालिका– २ स्थित शिवलिङ्ग मावि बगर धौलाडीले स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । मेलौलीमा सम्पन्न १४ औँ राष्ट्रपति रनिङ शिल्डमा उक्त विद्यालयबाट सहभागिता जनाएका ३ जना विद्यार्थीले ४ स्वर्ण दिलाएका थिए । तिनै जनालाई एकमुस्ट १५ हजार रुपैया उपलब्ध गराउदै सम्मान गरेको हो ।

शिवलिङ्ग माविमा अध्यायनरत टेक सिंह बोहराले १५ सय मिटरमा दौडमा स्वणृ दिलाएका थिए । देवकी कुमारी धामी ३ हजार मिटर र १५ सय मिटरमा प्रथम स्थान हासिल गर्दै २ स्वर्ण दिलाएकी थिइन् । मन्जु कुमारी धामीले पनि ८ सय मिटर दौडमा स्वर्ण दिलाएकी हुन् ।

तीनैजनालाई एकमुस्ट रुपमा १५ हजार रुपैया उपलब्ध गराइएको विद्यालयका प्रद्यानाध्यापक देव सिंह बोहराले जानकारी दिए । ५ हजार विद्यालय व्यवस्थापन समितिबाट र १० हजार विद्यालय शिक्षकहरुको तर्फबाट रकम संकलन गरि प्रोत्सहान स्वरुप १५ हजार रुपैया उपलब्ध गराइको प्रद्यानाध्यापक बोहराले बताए ।

छात्रा भलिबलमा प्रथम स्थान र छात्रा एथ्लेटिक्समा तृतिय सथान ओगटेको सिगास गाउँपालिकाले खेलाडीहरुलाई पनि प्रोत्सहान दिनुपर्ने आवाज उठेको छ ।

प्रतिक्रिया