२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

सिगास ९ स्थित उदय माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सव सम्पन्न, सरस्वती पूजा पनि मनाइयो

SansherOnline SansherOnline
बुधबार ०२, फागुन २०८० ०६:५६
सिगास ९ स्थित उदय माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सव सम्पन्न, सरस्वती पूजा पनि मनाइयो

बैतडी : बैतडीको सिगास गाउँपालिका-९ स्थित उदय माध्यमिक विद्यालय च्वाँगन्सुरको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। विद्यालय को ७० औ बार्षिकोत्सव समारोह अभिभावक भेला एवम् पुरस्कार वितरण कार्यक्रम रहेको थियो । आज श्रीपञ्चमी पनि हो । 

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइएको छ। श्रीपञ्चमीको दिनमा नयाँ कार्य शुभारम्भ गर्ने प्रचलन पनि रहेको छ । यसै दिनमा बालबालिकालाई शिक्षादिक्षाको लागि आरम्भ गर्ने गरिन्छ । यस्तै विवाह, व्रतबन्ध, जस्ता कार्यका लागि साइत हेर्नु नपर्ने भन्ने मान्यता पनि रहि आएको छ ।  

विद्यनलय व्यवस्थापन समितिका अध्यक्ष टेक बिसुक्रमको सभाध्यक्ष्तामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सिगास गाउँपालिका अध्यक्ष हरि सिङ धामी रहनु भएको थियो । 

विद्यालयले शैक्षिक क्षेत्रमा पुयाएको योगदानको चर्चा गर्दै समसामयिक समस्या समाधानको लागि समेत आ–आफ्नो क्षेत्रबाट पहल गर्ने कार्यक्रमका सहभागिहरुले धारणा राखेका थिए । 

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक जनक चन्दले विद्यालयमा हाल ३ सय विद्यार्थी रहेको तथा कक्षा १२ सम्म कक्षा सञ्चालन भईरहेको जानकारी दिए । 

 

प्रतिक्रिया