बैतडी : डिलासैनि गाउँपालिकाको छात्र तर्फको भलिबल टोलीलाई प्रतियोगिताबाट निष्कासित गरिको छ । दशरथचन्द नगरपालिकालाई २–० को सोझो सेटमा पराजीत गर्दै फाइनल प्रवेश गरेको डिलाशसैनि निष्कासीत गर्ने जिल्ला खेलकुद समिति निर्णय गरेको हो ।
डिलासैनीका एक खेलाडी यसअघि भएका एत्थलेटिक्सका अन्य खेलहरुमा सहभागी भएको भन्दै दशरथचन्द नगरपालिकाले खेलकुद बिकास समितिमा उजुरी गरेको थियो । खेलकुद समितिले छानबिन गर्दा उक्त कुरा पुष्टि भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
दनपा र सिगास बिच फाइनल खेल हुनेछ । डिलासैनी बाहिरिएपछि मेलौली नगरपालिका तेस्रो भैसकेको छ ।
प्रतिक्रिया