२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडीको जिल्लास्तरीय रनिङ शिल्डमा आज यी खेलहरु सम्पन्न भए

SansherOnline SansherOnline
शुक्रबार २६, माघ २०८० ०७:४४
बैतडीको जिल्लास्तरीय रनिङ शिल्डमा आज यी खेलहरु सम्पन्न भए

बैतडी : १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ। मेलौली भगवति मन्दिरको खेलमैदानमा शुक्रबारदेखि जिल्लास्तरीय रनिङ शिल्ड शुरु भएको हो।

आज केही खेलहरु सम्पन्न भएका छन्। छात्र छात्रातर्फको एक सय मिटर, ४ सय मिटर र ३ हजार मिटरको दौड, छात्राको कबडी तथा सटफुटका खेलहरु सम्पन्न भएका छन्। ३ हजार मिटरको छात्रातर्फको दौडमा सिगास गाउँपालिकाकी देवकी कुमारी धामी प्रथम भएकी छन्। द्धितिय दशरथचन्द नगरपालिकाकी ममता जोशी र तृतियमा मेलौली नगरपालिकाकी मनिसा भट्ट भएकी छन्। ३ हजार मिटरकै छात्रतर्फको दौडमा मेलौलीका सुरेश बिष्ट प्रथम भएका छन्। दितियमा दशरथचन्द नगरपालिकाका दिपेश जोशी र पाटन नगरपालिकाका ललित भट्टराई भएका छन भने पुर्चौडि नगरपालिका सुर्नया गाउपालिका तृतिय भएका छन।

छात्राछात्रको तर्फको एक सय मिटरको दौडमा मेलौली नै प्रथम भएको छ। छात्रतर्फ सन्दीप दयाल प्रथम भएका हुन् भने छात्रातर्फ बेलू भट्ट प्रथम भएकी हुन्। यस्तै सय मिटर दौडको छात्रतर्फ दशरथचन्द नगरपालिकाका प्रविन लावड द्धितिय भएका छन्। दोगडाकेदार गाउँपालिकाका दीपक भूल तृतिय भएका छन्। यसैगरी छात्रातर्फ सय मिटर दौडमा पाटनकी पुष्पा कुवँर द्धितिय र शिवनाथकी अन्जु साउँद तृतिय भएकी हुन्।

यसैगरी सटपुटमा छात्रतर्फ मैलौली प्रथम भएको छ, भने दितिय शिवनाथ र त्रितिय स्थान पनि मेलौलीले नै हात परेको छ। सटपुटको छात्रातर्फ पाटन नगरपालिका प्रथम भएको छ भने दितिय मेलौली नगरपालिका भएको छ। तृतियमा सुर्नया गाउँपालिका भएको छ।

कवड्डी अन्तर्गत छात्र तर्फको एक खेल सम्पन्न भएको छ। डिलाशैनी गाउँपालिका भर्सेस सुर्नया गाउँपालिका बिच भएको खेलमा डिलाशैनीले जित हासिल गरेको छ। प्रतियोगिता पर्सीसम्म सञ्चालन हुने छ।

प्रतिक्रिया