२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

खेलकुदको विकासमा पालिकाले चासो राखेका छन् ,जिल्ला खेलकुद समिति अध्यक्ष भण्डारी

SansherOnline SansherOnline
शुक्रबार २६, माघ २०८० ०६:२१
खेलकुदको विकासमा पालिकाले चासो राखेका छन् ,जिल्ला खेलकुद समिति अध्यक्ष भण्डारी

बैतडी : पछिल्ला वर्षमा बैतडीका स्थानीय तहले खेलकुदका कार्यक्रममा लगानी बढाएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीले पछिल्ला वर्षमा यहाका स्थानीय तहले खेलकुदमा लगानी गरेको बताएका छन् ।

शुक्रबार मेलौलीमा शुरु भएको १४औं जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्डको समुद्द्घाटन गर्दै जिल्ला खेलकुद समितिका अध्यक्ष भण्डारीले जिल्लाका स्थानीय तहहरुले खेलकुदमा लगानी बढाइरहेको बताएका हुन् । पालिकास्तरमा खेलकुदका गतिविधि बढ्दै गएको र जिल्लास्तरका गतिविधिमा पनि सहभागिता बढेको र खेलकुदको विकासमा चासो बढेको जिल्ला अध्यक्ष भण्डारीले बताए ।

बैतडीका पालिकाले अब खेलमैदान तथा पूर्वाधारको विकासमा जोड दिनुपर्ने धारणा राखे । जिल्ला खेलकुद विकास समितिलाई प्रदेश सरकारले बजेट ज्यादै न्यून उपलब्ध गराउने गरेको भन्दै उनले यसले खेलकुदका आयोजना गर्न सक्ने अवस्था नरहेको समेत बताए ।

खेलकुद आयोजना सम्पन्न गर्नको लागि सहयोग गर्ने सबैमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया