२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

खेलकुदमा सरकारले प्रयाप्त बजेट विनियोजन गरेको छैन: क्यान अध्यक्ष चन्द

SansherOnline SansherOnline
शुक्रबार २६, माघ २०८० ०५:३७
खेलकुदमा सरकारले प्रयाप्त बजेट विनियोजन गरेको छैन: क्यान अध्यक्ष चन्द

बैतडी : नेपाल क्रीकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले खेलकुदमा प्रयाप्त बजेट विनियोजन नगरेको बताएका छन । शुक्रबार देखि बैतडीको मेलौलीमा शुरु भएको १४ औं जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै क्यान अध्यक्ष चन्दले बताएका हुन् ।

खेलकुद आयोजना गर्न तथा खेलकुदको विकासको लागि सरकारले प्रयाप्त बजेट विनियोजन गर्न नसकेको बताएका हुन् । संघीय सरकारले १५ खर्ब बजेट ल्याउदै गर्दा ०.१६ प्रतिशत बजेट मात्रै बजेट ल्याएको क्यान अध्यक्ष चन्दले बताए । स्थानीय तहले पनि खेलकुदको पुर्वाधारमा जोड दिनुपर्ने बताएका छन् ।

खेलाडी उत्पादन भइरहेको बताउदै उनिहरुको सुनिश्चिततामा समेत स्थानीय सरकारले चासो नदिएको बताएका छन । तीनै तहको सरकारले खेलकुदको विकासमा जोड दिनुपर्ने चन्दको भनाइ छ ।

 

प्रतिक्रिया