२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडीको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड मेलौलीमा, भुकम्पले पारे तयारी तिब्र

SansherOnline SansherOnline
बुधबार २४, माघ २०८० ०५:०७
बैतडीको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड मेलौलीमा, भुकम्पले पारे तयारी तिब्र

बैतडी : बैतडीमा १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २६ गतेदेखि मेलौली भगवती मन्दिरको खेलमैदानमा हुन गइरहेको छ । प्रतियोगिताको तयारी  तिब्र पारिएको नगर प्रमुख भीम बहादुर चन्द (भुकम्प)ले जानकारी दिए । 

बास बस्नको लागि सबै पालिकाका खेलाडी लगायत प्रतिनिधिहरुलाई छुट्टाछुट्टै होटलको व्यवस्था मिलाइनएको नगर प्रमुख चन्दले बताए ।  खानेपानीलगि आवश्यकता अनुसार ट्याकंरबाट समेत पानी ओसारेर समस्या सामाधान गरिने  नगरपालिकाले जनाएको छ । 

यस प्रतियोगितामा सहभागिता जनाउने खेलाडी भाईबैनीहरुको सुरक्षाको पहिलो ग्यारेन्टी गर्छाैँ, सबैले आफ्नै घरनजिकको मैदानमा खेल्दैछौँ भन्ने सोचेर खेल्नुहोला,’ चन्दले भने, ‘पालिका अनुसार छुट्टाछुट्टै होटलको व्यवस्था मिलाइरहेका छौँ, हामि सबै पालिकासँग समन्वय पनि गरिरहेका छौँ,’ । 

नगरपालिकाले खेलकुद आयोजना गर्नको लागि मात्रै नभई व्यवस्थापनको लागि समेत छुट्टै बजेटको व्यवस्थापन गरेको जनाएको छ । मेलौली बजारका होटल व्यावसायीसँग पनि छलफल गरेको बताउदै चन्दले बास बस्नको लागि आवश्यक व्यवस्थापनको लागि समन्वय गरिएको नगर प्रमुख चन्दले बताए । 

केहीदिन पहिले मात्रै नगर उपप्रमुख पार्वती बोहरा बिष्टको संयोजकत्वमा बजारको अनुगमन समेत गरिएको थियो । मेलौली बजार क्षेत्रमा रहेका सबै होटलहरुको बस्तुस्थिति बुझिएको र सबै पाहुनाहरुको बसाई व्यवस्थापनमा कुनै समस्या नहुने उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन् । 

पालिकाहरु प्रतियोगिता हुने ठाउँ मेलौली जान तयारी गरिरहेका । माघ २६ बिहान ११ बजे उद्घाटन हुने जनाईएको छ। प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने छ । 

प्रतिक्रिया