बैतडी : दोगडाकेदार गाउँपालिकाको वडा नं ४ स्थित श्रीकेदार माविमा आइतबारबाट सुरु भएको विशेषज्ञ सहितको दुई दिने निः शुल्क स्वास्थ्य शिविर मार्फत २५ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।
दुई दिने शिविरमा २५ सय बढीले सेवा लिएका आयोजक श्री केदार संस्कृती संरक्षण सामाज पिपलकोटका अध्यक्ष सुरेन्द्र प्रशाद भट्टले बताउनुभयो। शिविरमा २५ सय २२ जनाले उपचार सेवा पाएको उहाँको भनाई छ।
यस्तै १ सय ३ जनाको काठमाण्डौमा उपचार हुने छ । शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहिमा जटील समस्या देखापरेकाले उनिहरुको काठमाण्डौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको भट्टले बताउनुभयो। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको सहयोग, काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोग र श्री केदार संस्कृती संरक्षण सामाज पिपलकोटको आयोजनामा बृहत स्वास्थ्य शिवीर लागेको थियो ।
शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटुसम्बन्धी सेवा प्रदान भएको हो । यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, प्रयोगशाला सेवा समेत दिइएको थियो । शिविरमा स्वास्थ्य निर्देशनालयले निःशुल्क प्राप्त हुने औषधिहरु दिएको थियो भने काठमाण्डौं मेडिकल कलेजका डाक्टरहरुको टिमले उपचारमा सहयोग गरेका थिए ।
प्रतिक्रिया