डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-८ रातो गुराँस रिर्सोट नजिक अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
आइतबार सदरमुकामबाट पोखरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ह ६०६४ नम्बरको अटो सडक किनारामा पल्टीएको डडेल्धुरा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।
अटोमा सवार एक जना प्रहरी जवानसहित छ जना घाइते भएको प्रहरी जनाएको छ । घाइते भएकाहरूमध्ये दुई जनाको अवस्था मध्यम रहेको र अन्य सामान्यको अवस्था रहेको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया