२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

दोगडाकेदारमा निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु

SansherOnline SansherOnline
आइतबार २१, माघ २०८० ०६:२३
दोगडाकेदारमा निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु

 

बैतडी : बैतडीको दोगडाकेदा गाउँपालिका-४ मा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको सहयोग, काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोग र श्री केदार संस्कृती संरक्षण समाज पिपलकोटको आयोजनामा बृहत स्वास्थ्य शिवीर सुरु भएको हो । शिविरको संघिय संसाद तथा कार्यक्रमका प्रमुख अतिथी डा सुनिल शर्माले उद्घाटन गरेका हुन् ।

शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटुसम्बन्धी सेवा प्रदान गरिरहेको आयोजकले जनाएको छ।

यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, प्रयोगशाला सेवा समेत सञ्चालन भइरहेको छ । शिविरमा स्वास्थ्य निर्देशनालय निस् शुल्क प्राप्त हुने औषधिहरु दिइरहेको छ भने काठमाण्डौं मेडिकल कलेजका डाक्टरहरुको टिम नै उपचारमा सहयोग गरिरहेको छ । कार्यक्रमका प्रमुख अतिथी डा सुनिल शर्माले श्रीकदार माध्मीक बिद्यालयमा हजुर आमाको नामबाट एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।

काठमाण्डौं मेडिकल कलेज डा सुनिल शर्माको हो । उनको टिमले २३ गते दार्चुला र २४ गते बैतडीको पाटनमा निःशुल्क बृहत स्वास्थ्य शिवीरमा सहयोग गर्दै छन् ।

 

प्रतिक्रिया