बैतडी : बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको दोगडाकेदार २ कटौजपानीमा दुर्घटना भएको हो । सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप कटौज पानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए ।
जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएका छ भने चालक सहति ७ जना घाइते भएका छन् ।दोगडाकेदार गाउँपालिका वडा नं ८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले बताए ।
घाइते ७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ । घाइते हुनेमा वडा नं ८ का चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट रहेका प्रहरी निरिक्षक जोशीले बताए । प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए । जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।
प्रतिक्रिया