२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

बाम लोकतान्त्रिक गठबन्धन बाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राना घर दैलो अभियानमा बेस्त

SansherOnline SansherOnline
शुक्रबार २३, बैशाख २०७९ ०३:४३
बाम लोकतान्त्रिक गठबन्धन बाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राना घर दैलो अभियानमा बेस्त

आशिस माल बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा राजनिति चुनावी सरगर्मी बढेको छ । आगामि वैशाख ३० गतेहुने स्थानीय तहको चुनावको चहलपहल गाउँ टोल टोलमा बढ्न थालेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा  डिलाशैनीमा चुनावी सरगर्मी बढेको छ ।

प्रमुख दलका  नेता देखि स्थानिय तहका नेताहरु चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन । निर्वाचनको मिति नजिकिँदै गर्दा डिलाशैनिका युवा नेता लोकेन्द्र राना सितल घर दैलोमा पुगेर अहोरात्र खटेर ब्यस्त भएका छन । एकीकृत नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसवाट डिलाशैनी गाउँपालिका अध्यक्ष  पदमा नाम सिफारीस भएका राना  डिलाशैनीमा बाम लोकतान्त्रिक गठबन्धनबाट आफुलाइ  विजयी गराउन लागि परेका छन ।

राना घर दैलो कार्यक्रम अन्तर्गत मठैराज,धामीगाउँ,नानरा,नेगाउ,सौनगाउ, पुजरिगाउ,लगाएत डिलाशैनी गाउँ पालिकाका ७ ओटै वडाका टोलटोलमा पुगेका छन । यस्तै बाम लोकतान्त्रिक गठबन्धनको चुनावी आम सभा डिलाशैनी गाउँपालिकाको वडा नम्बर ७ धामीगाउमा कार्यक्रम हुँदै छ । चुनावी आम सभामा रास्टिय कलाकार सहित स्थानीय कलाकार हरुको उपस्थिति हुँने नेकपा माओवादी केन्द्धका डिलासैनी गाउपालीका सचिव तिलक बहादुर मालले जानकारी दिनुभएको छ ।

चुनाबि सभामा डिलाशैनीका सम्पुर्ण बासिन्दा लाई उपस्थित हुन डिलाशैनी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना सितलले सम्पुर्णमा आग्रह गर्नु भएको छ । डिलाशैनिमा लोकेन्द्र राना सितल नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार हुन ।

प्रतिक्रिया