बैतडी : बैतडीको शिवनाथ गाउँपालिकामा पहिलो पटक राष्ट्रिय प्राशारण लाईन पुगेको छ। हिजो एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले विद्युतको समुद्घाटन गर्नु भएको हो। पहिलो पटक विद्युतको राष्ट्रिय प्राशारण लाईन पुगे पछि पालिकामा खुसियाल छाएको छ।
वद्युत समुद्घाटन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि सहित विद्युत वितरण केन्द्रका प्रमुख जनार्दन पौडेल लगायत विद्युत वितरण केन्द्रका कर्मचारी, स्थानीय सेवाग्राहीहरुको सहभागिता रहेको गाउँपालिकाका सूचना अधिकारी महेस महताले जानकारी दिए। पहिलो पटक राष्ट्रिय प्रशारण लाईन पुगेपछि स्थानीयहरु खुसी भएका छन्।
गाउँपालिकाको केन्द्रमा विद्युत समुद्घाटन गरिएको र लगत्तै ग्रामणि क्षेत्रमा विस्तार हुने गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया