बैतडी : बैतडीका थप ३ स्थानीय तहमा खेलकुद समिति बिस्तार भएको छ। आईतबार बसेको जिल्ला खेलकुद समितिको बैठकले पुर्चाैडी नगरपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खेलकुद समिति बिस्तार गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए।
पुर्चाैडी नगरपालिकाको नगर खेलकुद समिति अध्यक्षमा अमिर ओड चयन भएका छन। सदस्यहरुमा गणेश बहादुर धामि, अनिता धनुषे र गणेश बहादुर कुवँर चयन भएका छन। डिलाशैनीको अध्यक्षमा बिरेन्द्र बहादुर बोहरा चयन भएका छन। सदस्यहरुमा कल्पना राना, लबराज धामि र मदन नाथ चयन भएको जिल्ला खेलकुद समितिका अध्यक्ष भण्डारीले बताए।
यसैगरी पञ्चेश्वरको अध्यक्षमा नबिन भण्डारी चयन भएका छन। सदस्यहरुमा बलबिर जोशी, राकेश चन्द र रेनु चन्दलाई चयन गरिएको जनाईएको छ।खेल क्षेत्रमा आबद्ध ब्यक्तिहरुलाई चयन गरिएको हो।
यसअघि जिल्लाको पाटन र मेलौली नगरपालिकामा समिति गठन गरिएको थियो। बाँकी रहेका स्थानीय तहहरूमा पनि छिट्टै खेलकुद समिति बिस्तार गरिने अध्यक्ष भण्डारीले बताउनुभयो।
प्रतिक्रिया