२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

युवा समाजसेवी दिपेन्द्रको पहलमा विद्यार्थीलाई न्यानो लुगा वितरण ,सिलंगामा स्वास्थ्य सामाग्री पनि

SansherOnline SansherOnline
आइतबार १४, माघ २०८० ०९:३९
युवा समाजसेवी दिपेन्द्रको पहलमा विद्यार्थीलाई न्यानो लुगा वितरण ,सिलंगामा स्वास्थ्य सामाग्री पनि

बैतडी : जाडो मौसममा बैतडीको पाटन नगरपालिका २ सिद्धनाथ माध्यामिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । प्रभु बैंकको केन्द्रिय कार्यालय काठमाण्डौमा चिफ बिजनेश अफिसरको रुपमा कार्यरत रश्मी पन्तको सहयोगमा विद्यालयमा अध्यायनरत सबै विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।

सिलंगा स्वास्थ्य चौकीलाई पनि अक्सिजन कन्सनेटर, थर्मलगन, पल्स अक्सोमिटर स्वास्थ्य सामाग्री प्रदान गरिएको समन्वयकर्ता दिपेन्द्र प्रशाद पन्तले जानकारी दिनुभयो । रश्मी पन्तले वडा नं २मा विगत देखि नै सामाजिक सहयोगका कार्यक्रम गर्दै आउनु भएको छ  । यसअघि सोही वडाको भुमिराज आधारभूत विद्यालय टोटीपोखरी, भृकुटी आधारभूत विद्यालय ठल्कुडामा पनि न्यानो लुगा वितरण गरिएको समन्वयकर्ता पन्तले बताए । यसैगरी केही दिनमा बारागर आधारभूत विद्यालयमा पनि न्यानो लुगा वितरण गरिने उहाले बताउनुभयो ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रशाद पन्तको अध्यक्षतामा सम्पन्न लुगा तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, बिशिष्ट अतिथिमा वडा नं २ का वडा अध्यक्ष महेश प्रशाद पन्त, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, लुगा वितरण तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रमका समन्वयकर्ता एवं निवर्तमान वडा सदस्य तथा युवा समाजसेवी दिपेन्द्र प्रशाद पन्त लगायत स्थानीय अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया