बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज नरहरी पर्व हर्षोल्साका साथ मनाईदै छ । सुदूरपश्चिमका दार्चूला, बैतडी, लगायतका पहाडी जिल्लाहरुमा माघ १ गतेलाई नरहरि पर्वका रुपमा मनाइन्छ ।
पुस मसान्तमा पकाएको सेल, पुरी लगायतका मिठा मिठा परिकारहरुलाई माघ १ गते विहानै नुहाएर काग बोलाएर कागलाई खान दिने चलन छ । माघ १ गते विहानै घर घरमा का कौवा का सेलपुरी खा भनेर कागलाई बोलाएको सुन्न सकिन्छ ।
प्रतिक्रिया