बैतडी : बैतडीको शिवनाथ गाउँपालिका-५ मा पानी बोक्ने ट्याङ्कर दुर्घटनामा परेको छ । शुक्रबार साझ मेलौलीबाट सुल्लेखान तर्फ गइरहेको से १ क ८२२ नम्बरको पानी ट्याङ्कर शिवनाथ-५को हड्केचौरमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी बझाङको छबिस पाथिभरा गाउँपालिका घर भएका ट्याङ्कर चालक २३ वर्षका सुरेश बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
ट्याङ्कर सडकबाट करिब अढाइसय मिटर तल खसेको छ । ट्याङ्करमा चालकमात्रै रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया