बैतडी : बैतडीको पाटन नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्ररियोगिता सुरु भएको छ नगरपालिकाको आयोजनामा बिहीबारदेखि पालिकास्तरीय प्रतियोगिता सुरु भएको हो ।
पाटन(६ स्थित कृष्ण माविको खेलमैदानमा बैतडीबाट प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री दामोदर भण्डारीले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन समारोहको सभाध्यक्ष एवं पाटन नगरपालिका प्रमुख गौरी सिंह रावल थिए ।
प्रतियोगितामा नगरपालिकाभित्रका १५ सामुदायिक विद्यालयको सहभागिता रहेको छ। छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दोलगायतका खेलहरू प्रतियोगितामा खेलाइँदैछ ।
प्रतिक्रिया